एमाले विधान महाधिवेशन : विद्या भण्डारीको पक्षमा को उभिए, कसले गरे विरोध ?
सारांश
- एमालेको विधान महाधिवेशनमा सहभागीहरूले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा समेट्नुपर्ने धारणा राखेका छन्।
- विभिन्न प्रदेशका प्रतिनिधिहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन दिनुपर्ने वा नहुने विषयमा आ-आफ्ना धारणा राखेका छन्।
- महाधिवेशनमा भोलिसम्म चल्ने छलफलमा टोली नेताको प्रस्तुतिपछि सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले प्रतिवेदन पेस गर्नेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथिको छलफलमा सहभागीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पार्टीमा समेट्नुपर्ने धारणा राखेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा बन्दसत्र अन्तर्गत दोस्रो दिन जारी विधान महाधिवेशनमा १० वटा समूहमा विभाजन गरेर भएको प्रतिवेदनमाथिको छलफलका क्रममा प्रतिनिधिहरूले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन रोक्न नहुने धारणा राखेका हुन् ।
त्यस क्रममा कतिपय समूहले समूहगत छलफल सकाएर प्रतिवेदन लेखन थालनी गरिसकेका छन् भने केही समूहको छलफल जारी नै रहेको छ ।
प्रतिवेदनमाथिको छलफलका क्रममा सुदूरपश्चिमबाट ४९ जनाले बोल्न समूहमा नाम टिपाएका थिए । त्यसमध्ये डोटीका लक्ष्मण मरासनीले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका छन् । बाँकी ४८ जनाले विद्याको सदस्ययता नवीकरण हुनुपर्ने र राजनीति गर्न पाउनुपर्ने धारणा राखेका छन् ।
सुदूरपश्चिममा केन्द्रीय सदस्यहरू प्रकाश रावल र झपट रावललगायतले भण्डारीलाई सक्रिय राजनीति आउन रोक्न नहुने पक्षको नेतृत्व गर्दै आएका छन् । यो प्रदेशमा मोती विकले भने भण्डारीको पक्षमा धारणा राखेका छन् । केही सदस्यहरूले भने मौन बसेर बिचको बाटो अवलम्बन गरेका छन् ।
_0C4Pl9zzY5.jpg)
बागमती प्रदेशमा समूहगत छलफलमा ८२ जनाले बालेका छन् । टोली नेता को बन्ने भन्नेमा सामान्य विवाद भएको छ । ‘बागमतीमा अरुण नेपाल, सिता पौडेल, शर्मिला कार्की सरिता न्यौपाने,टङ्क कार्की, दीपक निरौला, नारायण खतिवडा, उद्धव भण्डारी,हरि खड्का लगायतले विद्या भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने धारणा राखे’, एक महाधिवेशन प्रतिनिधिले रातोपाटीसँग भने, ‘विपक्षमा अर्थात् भण्डारी सक्रिय राजनीतिमा आउनु हुँदैन भन्नेमा रामेश्वर फुयाँल र मधुसूदन पौडेल रहेका छन् ।’
त्यस्तै लुम्बिनीमा रोल्पाका पूर्व जिल्ला अध्यक्ष शान्तराज ओलीले भण्डारीलाई राजनीति गर्न रोक्न नहुने धारणा राखे । यो प्रदेशका प्रतिनिधिहरूलाई महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले फोन गरेर विद्याको विपक्षमा मत राख्न निर्देशन दिएका थिए ।
_2ePi9DMCY8.jpg)
यस्तै कोशी प्रदेशका ३ सय प्रतिनिधिमध्ये ४८ धारणा राखेका छन् । जसमा पूर्व केन्द्रीय सदस्य तारा राई, हालका केन्द्रीय सदस्य युवराज बाँस्कोटालगायतले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुने धारणा राखे । यो प्रदेशमा धेरै मौन बसेको एक नेताले जानकारी दिए । उनका अनुसार विद्या भण्डारीलाई रोक्नुपर्छ भन्नेमा झापाका अध्यक्ष प्रेम गिरीलगायत रहेका थिए ।
गण्डकीमा खगराज अधिकारीले विधानमै व्यवस्था गरेर पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन नहुने धारणा राखेका छन् ।
यस्तै सल्लाहकार, आयोग र विभाग एकै ठाउँमा राखेर समूहगत छलफल भएको छ । विभाग र आयोगहरूमा रहेका १९२ प्रतिनिधिमध्ये मध्ये भण्डारीको पक्ष विपक्षमा आधा जस्तै देखिए । यो प्रदेशमा विनोद ढकाल कृष्ण दाहालले भण्डारीको पक्षमा बोलेका थिए ।
_zVmufg0ZWW.jpg)
यस्तै जनसङ्गठन, सम्पर्क कमिटी र प्रवास ४९ जनाले समूहगत छलफलमा भाग लिएका छन् । यो प्रदेशमा नेता लालबाबु पण्डितले टोली नेता बनाउनुपर्यो भनेर प्रस्ताव गरे पनि उनको प्रस्ताव हलले पारित गरेको छैन । यहाँको टोली नेतामा भक्त गुरुङ, गजेन्द्र थपलियाले पनि दाबी गरेका छन् । केन्द्रीय लेखा आयोगका सचिव विष्णु राउतले मिलाउनुपर्छ । नेताहरूले भद्रगोल भन्ने धारणा राखेका छन् ।मधेस २२ जनाले बोलेका छन् । बोल्नेहरू अधिकांशले स्थानीय कुरा मात्र राखेका छन् । मधेसमा अरविन्द सिंह, पुरुषोत्तम पौडेललगायतले विद्याको पक्षमा मत राखेका छन् ।
विधान अधिवेशनमा २१ सय २६ जना सहभागी छन् । भोलिसम्म चल्ने अधिवेशनमा टोली नेताले प्रस्तुति दिएपछि सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले प्रतिवेदन पेस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण