बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

`कोशेढुंगा’काे दोस्रो सातामा कस्तो छ व्यवसाय ?

आइतबार, २२ भदौ २०८२, ०८ : ३८
आइतबार, २२ भदौ २०८२

सारांश

  • निर्देशक सरोज पौडेलको फिल्म ‘कोशेढुंगा’ दोस्रो हप्तासम्म दर्शक तान्न सफल भएको छ।
  • फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसमा कथा र कलाकारको अभिनयको प्रशंसा गरिएको छ।
  • फिल्मले बेरोजगारी, निराशा र परदेशी जीवनको कथालाई प्रस्तुत गरेको छ, जसलाई दर्शकले मन पराएका छन्।

काठमाडौँ । सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ दोस्रो सातासम्म आइपुग्दा पनि दर्शक पाउन सफल भएको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले वर्ड अफ माउथ सकारात्मक हुँदाको साथ पाउन सफल भएको हो । 

फिल्मले शुक्रबार र शनिबार देशभरका हलहरूमा राम्रो दर्शक पाउन सफल भएको  निर्देशक पौडेलले जानकारी दिए । उनले भने,' फिल्मकाे कथा र कलाकारको अभिनय पनि मन पराएका छन् ।'

पछिल्लो समय ‘कन्टेन्ट बेस्ड’ फिल्म प्रति दर्शकको आकर्षण बढिरहेको उनको धारण छ ।

‘कोशेढुंगा’ ले नेपालीको घरघरको कथा लिएर आएको भन्दै दर्शकबाट तारिफ पाइरहेको कार्यकारी निर्माता दिनेश खड्काको भनाइछ । फिल्मकाे बक्सअफिस रिपाेट भने सार्वजनिक भएको छैन । 

‘जति पनि दर्शकले फिल्म हेर्नु भएको छ, एकदम राम्रो भनिरहनुभएको छ । मन छुने  भन्नुभएको छ’ खड्काले भने, ‘जति शो पाएको छ, उच्च अकुपेन्सीमा चलिरहेको छ ।’

बेरोजगारी, निराशा र परदेशी जीवनलाई कथा बनाएको फिल्म नरदेवी फिल्मसको प्रस्तुतिमा बनेको हो । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय छ ।

फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् । कार्यकारी निर्माता दिनेश खड्का रहेकाे फिल्ममा बाबु श्रेष्ठकाे छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन छ। फिल्मको गीतमा खेम सेन्चुरी, रिदम कँडेल र आशिष अविरलको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप