प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ
सारांश
- बेलायतमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाइएपछि विरोध प्रदर्शनमा ४२५ भन्दा बढी पक्राउ परे।
- प्रदर्शनकारीहरूले प्यालेस्टाइन एक्सनलाई समर्थन गर्दै प्लेकार्ड बोकेका थिए।
- सरकारले आतंकवाद ऐन अन्तर्गत प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो, जसमा १४ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ।
लन्डन । बेलायतमा प्यालेस्टाइन एक्सन नाम गरेको समूहमाथि प्रतिबन्ध लगाइएपछि सोको विरोधमा भएको प्रदर्शनमा ४२५ भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
प्रतिबन्धको विरोधमा सयौं मानिसहरू मध्य लन्डनमा रहेको पार्लियामेन्ट स्क्वायरमा भेला भएका थिए । धेरैजसो प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेका थिए जसमा ‘म नरसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्सनलाई समर्थन गर्छु ।’ भनेर लेखिएको थियो ।
महानगरीय प्रहरीले बताएअनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरू प्रतिबन्धित सङ्गठनका समर्थक हुन् । २५ भन्दा बढी व्यक्तिहरूलाई प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेको र सार्वजनिक व्यवस्था खलल पारेको अपराधमा पक्राउ गरिएको बताइएको छ । सरकारले आतंकवाद ऐन अन्तर्गत जुलाईमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो ।
यस कानुन अन्तर्गत, सङ्गठनको सदस्यता लिनु वा संगठनलाई समर्थन गर्नु अपराध हो । यो अपराध गरेको प्रमाणित भएकालाई १४ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ । प्यालेस्टाइन एक्सन अभियान चलाउने समूह हो ।
प्रतिबन्ध विरुद्धको विरोध तीव्र गतिमा बढिरहेको समूहका प्रवक्ताले पहिले भनेका थिए । विरोध प्रदर्शनले प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाउन असम्भव भएको र यो संसाधनको बर्बादी हो भन्ने कुरा प्रदर्शनले देखाइदिएको प्रवक्ताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण