बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘बिगुल’ को छायांकन सम्पन्न

आइतबार, २२ भदौ २०८२, १४ : ३७
आइतबार, २२ भदौ २०८२

सारांश

  • निर्देशक रमेश कोइरालाको फिल्म 'बिगुल' को छायांकन ३४ दिनमा सकिएको छ।
  • यो फिल्म सामाजिक जागरण, राजनीति र नागरिक कर्तव्यमा आधारित छ, जसमा बेनिशा हमाललगायतका कलाकार छन्।
  • फिल्मको कथा दिनेश कोइरालाको हो भने छायांकन शिव ढकाल र संगीत अर्जुन पोखरेलको रहेको छ।

काठमाडौँ। निर्देशक रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म 'बिगुल' को छायांकन सकिएको छ। ३४ दिनको नियमित छायांकनपछि शनिबार फिल्मको काम सम्पन्न भएको हो। निर्देशक कोइरालाले छायांकन सोचेजस्तै राम्रो भएको बताएका छन्।

सामाजिक जागरण, राजनीति, नागरिकको कर्तव्य र जिम्मेवारीको कथावस्तुमा आधारित यो फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय छ।

दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा र संवाद रहेको यस फिल्मका छायांकार शिव ढकाल हुन्। कल्पना पौडेलले प्रस्तुत गरेको यस फिल्मका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन्।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको यो फिल्ममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप