‘जेनजी’ को प्रदर्शनमा प्रियङ्का कार्कीको समर्थन, ‘अराजक तत्त्वको प्रवेश हुन सक्छ’ भन्दै चेतावनी
काठमाडौँ । नेपाली अभिनेत्री प्रियङ्का कार्कीले जेनजी पुस्ताले सोमबार काठमाडौँमा गर्न लागेको प्रदर्शनलाई ऐक्यबद्धता जनाएकी छन् । उनले आफ्नो फेसबुक पोस्टमार्फत युवा पुस्ताको यो आन्दोलनको प्रशंसा गरेकी छिन् ।
कार्कीले 'जेनजी'ले उठाउँदै आएका मागहरूको समर्थन गर्दै अब युवा पुस्ता चुप लागेर नबस्ने बताएकी छिन् । उनले सरकारसँग नैतिक, भ्रष्टाचारमुक्त र सबैका लागि समान अवसरको माग गरेकी छन् । ‘जेनजी’ ले भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र अन्य थुप्रै बेथितिविरुद्ध आवाज उठाएकोमा उनले प्रशंसा गरेकी छिन् ।
यद्यपि, कार्कीले यो आन्दोलन व्यक्तिगत नेतृत्वबाट भइरहेको हुनाले अराजक तत्त्वहरू प्रवेश गर्न सक्ने सम्भावनाप्रति सचेत गराएकी छन् । उनले आन्दोलनमा कुनै एक नेता नभएकाले सहभागीहरूले नै परिस्थितिलाई सम्हाल्नुपर्ने र धैर्य एवं शान्तिपूर्ण तरिकाले अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।
उनले युवाहरूलाई शुभेच्छासहित नेपालको भविष्यका लागि उठाइएको यो कदमप्रति हौसला प्रदान गरेकी छन् । उनले आफू पनि प्रदर्शनमा सहभागी हुने बताउँदै अरूलाई सहभागी हुन आह्वान गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण