शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजु बाबरा निर्विरोध निर्वाचित

सोमबार, २३ भदौ २०८२, ०७ : २३
सोमबार, २३ भदौ २०८२

सारांश

  • उद्योगपति बैजु प्रसाद बाबरा नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।
  • अध्यक्ष बाबराले यसअघि मदिरा उद्योग सम्बन्धी कर नीति र उत्पादन प्रणालीलाई व्यवस्थित गर्न पहल गरेका थिए।
  • संघले मदिरा उद्योगलाई व्यवस्थित, दिगो र उत्तरदायी बनाउन पुनः उनलाई जिम्मेवारी दिएको छ।

रौतहट । नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि पनि उनले सफलतापूर्वक संघको नेतृत्व गरिसकेका छन् ।

रौतहटका उद्योगी बाबराले आफ्नो पहिलो कार्यकालमा मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्त्वपूर्ण पहल गरेका थिए । उनले उद्योगमा हुने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता र वैधानिक उत्पादनलाई प्रोत्साहन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए । संघले मदिरा उद्योगलाई अझ व्यवस्थित, दिगो र उत्तरदायी बनाउने जिम्मेवारी पुनः बाबरालाई सुम्पेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप