माओवादी कोशीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
विराटनगर । काठमाडौंलगायत देशभर जेनजी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको दमनको माओवादी केन्द्र कोशीले भर्त्सना गरेको छ ।
आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासमा पुष्टि भइसकेको भन्दै माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै सरकारले विवेक गुमाएको र जनताको भावना बुझ्न असफल भएको टिप्पणी गरेको छ ।
‘१७ जना युवाको हत्या भएको र दुई सय भन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अमानवीय घटनाले हाम्रो पार्टीलाई स्तब्ध, दुःखी र आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने जस्ता जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवाका माग सम्बोधन गर्नुको सट्टा प्रहरीको गोलीबाट मुख थुन्ने प्रयास गर्नु सरकारको अमानवीय हर्कत हो ।’
जनविरोधी दमनको आदेश दिने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन समेत माओवादी कोशीले माग गरेको छ । साथै, निहत्था जनतालाई गोली हान्न अनुमति दिने गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी र प्रहरी उच्च अधिकारीलाई छानबिन गरी कारबाही गर्न पनि माओवादीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण