बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : डा. शेखर कोइराला

'सरकारको क्रूर दमनले मर्माहत छु'
सोमबार, २३ भदौ २०८२, २२ : १२
सोमबार, २३ भदौ २०८२

सारांश

  • डा. शेखर कोइरालाले 'जेनजी' पुस्ताको आन्दोलनमा सरकारको दमनको निन्दा गरे।
  • उनले युवाहरूमाथि गोली चलाएर हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गरे।
  • कोइरालाले सरकारको निर्णयलाई 'अधिनायकवाद' को संज्ञा दिए र भ्रष्टाचार अन्त्यको माग गरे।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले 'जेनजी' पुस्ताको आन्दोलनमा सरकारले गरेको बर्बर दमनको कडा शब्दमा निन्दा गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले सरकारको कदमलाई 'निरंकुश र क्रूर' भनेका छन्।

कोइरालाले शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरूमाथि गोली चलाएर हत्या गरिएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरूको हत्याले मलाई मर्माहत बनाएको छ।'

उनका अनुसार युवाहरूको माग जायज र समयसापेक्ष छन्। आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयलाई उनले 'अधिनायकवाद' को संज्ञा दिएका छन्। उनले भ्रष्टाचार निर्मूल हुनैपर्नेमा जोड दिएका छन्।

डा. कोइरालाले वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भएको बताउँदै सबै मिलेर देशका हरेक समस्याको विधिसम्मत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, 'यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरूसँगै छु र रहिरहनेछु।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप