पदाधिकारी बैठक
१९ जना जेनजीको हत्या इतिहासकै क्रूर नरसंहार, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी केन्द्र
सोमबार, २३ भदौ २०८२, २२ : ३२
सारांश
- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ।
- प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले प्रदर्शनमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलीसभा गर्ने निर्णय गर्यो।
- बैठकले घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र ठुलो मात्रामा क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले ओलीको राजीनामा मागेको हो ।
बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति भोलि बेलुका पाँच बजे ७५३ वटै पालिकामा श्रद्धाञ्जलीसभा राख्ने निर्णय गरेको छ । घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘सरकारले इतिहासकै क्रूर नरसंहार सरकारले गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय बैठकले गरेको छ। जेनजी पुस्ताको जायज मागप्रति हाम्रो ऐक्यबद्धता छ’, बैठकको निर्णय सुनाउँदै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण