जेनजी आन्दोलनमा सरकारी दमनप्रति अनेरास्ववियुको आपत्ति, एक सातासम्म झण्डा आधा झुकाउने
सारांश
- अनेरास्ववियुले जेनजी आन्दोलनमा सरकारको दमनको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ।
- अनेरास्ववियुले घटनाप्रति शोक व्यक्त गर्दै एक साता झण्डा आधा झुकाउने निर्णय गरेको छ।
- अनेरास्ववियुले दोषीलाई कारबाही र मृतकका परिवारलाई राहतको माग गरेको छ।
काठमाडौँ ।जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमनलाई अमानवीय भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कडा आपत्ति जनाएको छ। सङ्गठनले घटनाप्रति शोक प्रकट गर्दै एक सातासम्म आफ्ना झण्डा आधा झुकाउने निर्णय गरेको छ।
अनेरास्ववियुले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीमाथि गरिएको दमनको घोर भर्त्सना गर्दै घटनामा संलग्न जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने माग गरेको छ। साथै, निर्दोष बालबालिकाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अनेरास्ववियुको माग छ।
विज्ञप्तिमा भनिएको छ, “यो दुःखद घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।”
सङ्गठनले दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न, मृतक परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण