गैरआवासीय नेपाली सङ्घद्वारा जेनजी प्रदर्शनमा भएको हिंसामा प्रति दुःख व्यक्त
सारांश
- एनआरएनएले नेपालमा भएको प्रदर्शनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेको छ।
- संघले आन्दोलनमा निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
- एनआरएनएले सरकारलाई घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ।
काठमाडौँ । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेनजी पुस्ताको आह्वानमा सोमबार नेपालमा भएको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबाट दुःख व्यक्त गरेको छ
सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्घले आन्दोलनका क्रममा निधन भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चीर शान्तिको कामना गरेका छ ।
शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार नेपालको संविधानले प्रत्याभूत गरेको भए पनि सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग हुनु दुःखद घटना भएको सङ्घले जनाएको छ। साथै सङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता गंगाधर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कानुनको सर्वोच्चताको सम्मान गर्न र देशमा सुशासन, मानवअधिकारको रक्षा तथा जनजीविकाको प्रत्याभूति गर्न सबै राजनीतिक दल र सरकारलाई आग्रह गर्दछौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण