जेनजी आन्दोलनमा अभिभावकीय भूमिका अपरिहार्य: सोबिता गौतम
सारांश
- रास्वपा सांसद सोबिता गौतमले युवा पुस्ताको आन्दोलनलाई मार्गदर्शन गर्न आह्वान गरिन्।
- उनले सरकार जनताको नभएको र गृहमन्त्रीको राजीनामा नाटक भएको आरोप लगाइन्।
- गौतमले वैकल्पिक शक्ति र नागरिक समाजलाई एकै ठाउँमा आउन आह्वान गरिन्।
काठमाडौँ । रास्वपा सांसद सोबिता गौतमले युवा पुस्ता जेनजीद्वारा सुरु गरिएको स्वतःस्फूर्त आन्दोलनलाई वैकल्पिक शक्ति र मिलेनियल पुस्तालाई आन्दोलनको मार्गदर्शन दिन आह्वान गरेकी छन्।
गौतमले नेतृत्व अभावले आन्दोलन कमजोर हुन सक्ने सम्भावनामा जोड दिँदै मिलेनियल पुस्तालाई मार्गदर्शन र अभिभावकीय भूमिका ग्रहण गर्न आह्वान गरेकी छन्। उनले भनिन्, “अब जेनजीलाई मेलेनियलले संरक्षण गर्दै आन्दोलनलाई दिशा दिनुपर्ने आवश्यकता देखिन्छ। हामी सबै वैकल्पिक शक्ति, चेतनशील पुस्ता, र न्याय प्रेमी नागरिकले एउटै मञ्चमा बसेर देशलाई नयाँ बाटो देखाउनुपर्ने समय आएको छ।”
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै, गौतमले भनेकी छन्, “आजको आन्दोलनले एउटा कठोर सत्य उजागर गरिसकेको छ। यो सरकार अब जनताको सरकार होइन। यो सरकार निर्दोष नागरिकहरूको रगतमा हिँड्ने हत्यारा सरकारमा परिणत भएको छ। गृहमन्त्रीको राजीनामा केवल अपराध पखाल्ने नाटक हो। आदेश दिने र गोली चलाउने सबैलाई कानुनी दायरामा ल्याउन सक्दा मात्र वास्तविक न्याय हुनेछ।”
उनले यो आन्दोलन कुनै दल विशेष वा नेताद्वारा आयोजना गरिएको नभई विशुद्ध रूपमा जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलन भएको पनि स्पष्ट पारेकी छन्। “उनीहरूले उठाएको आवाज कुनै दलको एजेन्डा होइन, यो भ्रष्टाचारविरुद्धको आवाज हो, यो स्वतन्त्रतामाथि गरिएको आक्रमणविरुद्धको आवाज हो, यो आम नागरिकको चेतनाको आवाज हो,” उनले भनिन्।
उनले सहिद भएका युवाहरूको सपना र भविष्यलाई जोगाउन, वैकल्पिक शक्ति र नागरिक समाजलाई एकै ठाउँमा भेला हुनुपर्ने आवश्यकतामा जोड दिइन्। “अब दोषारोप गर्ने समय छैन, अब हाम्रो पुस्ताको भविष्य जोगाउने समय हो। यदि हामी एक ठाउँमा उभिन सकेनौँ भने भोलि हाम्रो पुस्ता निराश हुनेछ।” उनले नयाँ नेपालको खाका कोर्न सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा आउन आह्वान गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण