काठमाडौँमा पुनः बढाइयो कर्फ्युको समय
सारांश
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्युको समय बढाएको छ।
- राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय लगायतका क्षेत्रमा कर्फ्यु बिहान ५ बजेसम्म जारी रहनेछ।
- बानेश्वर क्षेत्रका विभिन्न स्थानमा पनि कर्फ्यु आदेश जारी गरिएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको कर्फ्यु आदेशमा शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यु जारी रहनेछ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम सोमबारदेखि २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण