विद्यार्थीमाथिको निर्मम आक्रमणको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्छ: दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जाल नेपाल
सारांश
- राष्ट्रिय युवा सञ्जालले सरकारको अत्यधिक बल प्रयोगको निन्दा गरेको छ।
- युवा सञ्जालले आन्दोलनकारीमाथि भएको आक्रमणको जिम्मेवारी सरकारलाई लिन आग्रह गरेको छ।
- सञ्जालले शहीद युवाको बलिदान खेर नजाने र परिवर्तन आउने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ। दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जाल नेपालले भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनप्रति प्रशासनले प्रयोग गरेको अत्यधिक बलको प्रयोगको निन्दा गरेको छ ।
आन्दोलनमा सहभागी विद्यार्थी, किशोर र युवामाथि भएको निर्मम आक्रमणको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने सङ्गठनको भनाइ छ।
सङ्गठनले भ्रष्टाचार अन्त्य, सुशासन प्रत्याभूति र सामाजिक सञ्जालको स्वतन्त्र प्रयोग युवाको न्यायसङ्गत माग भएको औँल्याउँदै, आन्दोलनमा शहीद भएका युवाहरूको बलिदान व्यर्थ नजाने र उनीहरूले मुलुकमा आमूल परिवर्तनको बाटो खोल्ने विश्वास व्यक्त गरेको छ।
सङ्गठनले विज्ञप्ति मार्फत घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिँदै, सुरक्षित, दृढ र एकजुट रहन सर्वसाधारणमा आह्वान गरेको छ। साथै, घाइतेहरूको उपचार र उद्धारका लागि रक्तदान र सहयोग गर्न सबैमा अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण