रुपन्देहीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने
सारांश
- रुपन्देही जिल्लामा सुरक्षा चुनौती बढ्ने आकलन गर्दै अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ।
- निषेधाज्ञा अनुसार, पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, धर्ना गर्न पाइने छैन।
- निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
बुटवल । रुपन्देही जिल्लामा सुरक्षा चुनौती बढ्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार बिहान ९ः३० बजेदेखि लागू हुने गरी पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, धर्ना, प्रदर्शन वा अन्य कुनै पनि सामूहिक विरोध गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ (संशोधित) को दफा ६ को उपदफा ३९क० बमोजिम जारी गरिएको आदेशमा, निषेधाज्ञा उल्लङ्घन गर्ने वा आदेशको कार्यान्वयनमा अवरोध पुर्याउने जो कोहीमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
प्रशासनका अनुसार पछिल्ला दिनमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका घटनाले शान्ति सुरक्षा प्रभावित हुन सक्ने आकलन भएकाले यस्तो कदम चालिएको हो।
यसअघि सोमबार बुटवल र भैरहवामा अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण