हेटौँडामा बिहानैदेखि प्रदर्शन, जेनजीको समर्थनमा सर्वसाधारण सडकमा
सारांश
- हेटौँडामा सरकार विरोधी प्रदर्शन सुरु भयो, जेनजी पुस्तालाई समर्थन गर्दै टायर बालेर विरोध गरियो।
- भ्रष्टाचार अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै १९ जनाको मृत्यु भएपछि सर्वसाधारण सडकमा उत्रिए।
- जेनजी पुस्ताले हेटौँडा उपमहानगरपालिका अगाडि भेला हुन आह्वान गरे, पश्चिम मकवानपुरमा व्यापारीले बजार बन्द गरे।
मकवानपुर । हेटौँडामा बिहानैदेखि सरकार विरोधी प्रदर्शन सुरु भएको छ । जेनजी पुस्तालाई समर्थन गर्दै हेटौँडा १६ मा आम सर्वसाधारण टायर बालेर विरोधमा उत्रिएका हुन् ।
भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगायतको माग राख्दै जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आम सर्वसाधारण सडकमा आउन थालेका छन् ।
हेटौँडामा आज पनि जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । उनीहरुले आज बिहान १० बजे हेटौँडा उपमहानगरपालिकाको गेट अगाडी भेला हुन आव्हान गरेको छन् ।
बिहानैबाट हेटौँडा बजारमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको छ । यता पश्चिम मकवानपुरमा जेनजीको समर्थनमा व्यापारीहरुले बजार बन्द गरेका छन् । व्यापारीहरुले प्रदर्शनको समर्थनमा स्वतः बजार बन्द गरेको बताएका छन् । उनले राजमार्ग समेत बन्द गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण