अपडेट
कर्फ्यु आदेशपछि कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित
मङ्गलबार, २४ भदौ २०८२, ११ : ३५
सारांश
- जेनजी आन्दोलनका क्रममा सरकारको दमनविरुद्ध नागरिक सडकमा आएपछि कर्फ्यु जारी गरियो।
- कर्फ्युका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भयो।
- बैठक मंगलबार बिहान ९ बजे बूढानीलकण्ठमा बोलाइएको थियो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सरकारको दमनविरुद्ध आमनागरिक स्वतस्फूर्त सडकमा आएपछि जारी गरिएको कर्फ्युका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । मंगलबार बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठक स्थगित भएको हो ।
सभापति देउवाको सचिवालयले कार्यसम्पादन समिति बैठक स्थगित गरिएको जानकारी दिएको छ । कर्फ्युका कारण नेताहरू बैठक स्थलमा पुग्न सक्ने अवस्था नभएपछि बैठक स्थगित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण