बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपा सांसद तोसिमा कार्कीले गरिन् राजीनामा घोषणा

मङ्गलबार, २४ भदौ २०८२, १२ : ०५
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी छिन् । 

'म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। जेनजी आईएम विथ यु,' कार्कीले लेखेकी छिन् ।

यसअघि रास्वपाकै सांसद असिम शाहले राजीनामाको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप