‘वर्तमान पुस्ता अघिल्लो पुस्ताभन्दा फरक रहेको प्रमाणित गर्ने यो नै सही समय हो’
काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले 'जेनजी' पुस्ताको आन्दोलन सफल भएको भन्दै अब नयाँ नेपालको निर्माणमा लाग्न सबैलाई अपिल गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आन्दोलनकारीहरूलाई जितको खुसीयाली मनाउँदै संयम अपनाउन र आफ्नो आक्रोशलाई देश विकासको सोचमा बदल्न आग्रह गरेका छन्।
‘यो विद्रोहमा यहाँको जीत भइसकेको छ,’ खड्काले आफ्नो अपिलमा लेखेका छन्, ‘परिवर्तनको यो लडाइँमा अब सबै जनाले संयम अपनाई नयाँ नेपालको सिर्जनामा सहयोग गर्नु हुन अनुरोध।’
खड्काले आन्दोलनकारीलाई देश बनाउने सोच, विचार र योजनामा केन्द्रित हुन आग्रह गर्दै वर्तमान पुस्ता अघिल्लो पुस्ताभन्दा फरक रहेको प्रमाणित गर्ने यो नै सही समय भएको बताएका छन्। उनले थपेका छन्, ‘हामी अघिल्लो पुस्ताभन्दा फरक छौँ भनेर प्रमाणित गर्ने, योभन्दा सही समय अरू हुँदैन।’
उनले सबैलाई संयमित हुन र शान्ति कायम राख्न विनम्र अनुरोध गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण