कपिलवस्तु कारागारबाट कैदी बन्दी फरार, अदालतमा तोडफोड
बुधबार, २५ भदौ २०८२, ०९ : ११
सारांश
- कपिलवस्तु कारागारबाट जेनजी आन्दोलनको मौका पारेर ठुलो संख्यामा कैदीबन्दी फरार भए।
- फरार कैदीबन्दीहरूले कपिलवस्तु जिल्ला अदालतमा तोडफोड र आगजनी गरे, जसले महत्त्वपूर्ण कागजातहरू नष्ट भए।
- अहिलेसम्म २५ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ, अन्यको खोजी कार्य जारी छ र सुरक्षाकर्मी परिचालन गरिएको छ।
बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट ठुलो सङ्ख्यामा कैदी बन्दीहरू फरार भएका छन्। कारागारमा रहेका कुल ४७० जनामध्ये ३५ जनाबाहेक अन्य कैदी बन्दीहरू भागेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
आज बिहान ७ बजेतिर कारागारबाट भागेका कैदी बन्दीहरूले नजिकै रहेको कपिलवस्तु जिल्ला अदालतमा समेत तोडफोड र आगजनी गरेका छन्। आगजनीका कारण अदालतका महत्त्वपूर्ण कागजातहरू जलेका छन् भने भवनको संरचना र अन्य उपकरणहरूमा पनि क्षति पुगेको छ।
प्रजिअ तामाङका अनुसार फरार कैदी बन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म २५ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी कार्य जारी रहेको उनले बताए। यो घटनाले कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण