बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार

बुधबार, २५ भदौ २०८२, १२ : २४
बुधबार, २५ भदौ २०८२

सारांश

  • विराटनगरको बाल सुधारगृहबाट दुई सयभन्दा बढी बाल बिजाइँकर्ता बुधबार बिहान फरार भए।
  • फरार भएका बाल बिजाइँकर्ताहरूले सुरक्षाकर्मीलाई लछारपछार पारेर गेटको चाबी फुटाएका थिए।
  • घटनापछि सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी ६० जनालाई नियन्त्रणमा लिइयो।

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सयभन्दा बढी बाल बिजाइँकर्ताहरू फरार भएका छन् । गृहमा रहेका कूल २ सय ५५ जनामध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, बाल बिजाइँकर्ताहरूले गृहको मुख्य गेटको चाबी फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारपछार पार्दै भागेका थिए । सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

घटनालगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । हालसम्म फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई पुनः सुधार गृहभित्र लगिएको छ । फरार भएका बाल बिजाइँकर्ताहरूलाई स्थानीय बासिन्दाले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप