जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द
सारांश
- जनकपुरधामका विद्यालय र क्याम्पसहरू अनिश्चितकालका लागि बन्द भएका छन्।
- प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्ति जारी गर्दै आन्दोलनपछिको सुरक्षा संवेदनशीलतालाई कारण देखाए।
- विद्यार्थी र अभिभावकको सुरक्षालाई ध्यानमा राख्दै पठनपाठन स्थगित गरिएको जनाइएको छ।
धनुषा । जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि पठनपाठन बन्द गरेको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसमा अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ ।”
नेशनल प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र प्याब्सनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा सडकमा उत्पन्न असुरक्षित वातावरणका कारण विद्यार्थी र अभिभावक त्रासमा रहेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ ।
यस्तै, शान्ति, स्थायित्व र वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग अपिल गर्दै अवस्था सामान्य भएमा चाँडै पठनपाठन सुरु गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण