गौर कारागारबाट फरार १७ जना भारतमा पक्राउ
सारांश
- रौतहटको गौर कारागारबाट भागेका १७ कैदीलाई भारतीय एसएसबीले पक्राउ गरी नेपाल फर्काएको छ।
- हालसम्म ७९ जना कैदी पक्राउ परेका छन् भने २१२ जना अझै फरार छन्।
- कैदी भाग्नु अघि, जेन-जी आन्दोलनका कारण सरकारी भवनहरूमा आगजनी भएको थियो।
रौतहट । गौरस्थित कारागारबाट मंगलबार राति सामूहिक रूपमा भागेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ। सीमावर्ती बैरगनिया प्रहरीसँग समन्वय गरी उनीहरूलाई पुनः गौर कारागारमा ल्याइएको सिडिओ विनोद कुमार खड्काले रातोपाटीलाई जानकारी दिए।
यससँगै हालसम्म २९१ कैदीमध्ये ७९ जना नियन्त्रणमा आएका छन् भने २१२ जना अझै फरार रहेका छन्।
पक्राउ पर्नेमा नेपालका जितेन्द्र गिरी, गणेश साह, सन्तोष राम, रणधीर यादव, विवेक मिश्र, राजन साह सोनार, अजय यादव, राजेश पटेल र मोहन साह रहेका छन् ।
भारततर्फका मोनु जायसवाल, राकेश कुमार, मुनिफ कुमार यादव र सुधीर कुमार महतोलगायत रहेका छन्।
यसअघि बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो।
सिडिओ खड्काले अझै फरार रहेका २१२ कैदीलाई तत्काल सम्पर्कमा आउन र आत्मसमर्पण गर्न आग्रह गरेका छन्।
मंगलबार दिनभर जेन–जी आन्दोलन उग्र बनेको थियो। आन्दोलनकारीहरूले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी भवनमा आगजनी गरेका थिए। सुरक्षाकर्मीहरू ती घटनामा व्यस्त रहँदा कैदीहरूले रातिको मौका पारी कारागार भत्काएर सामूहिक रूपमा भागेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण