डाटा सेन्टरमा आगलागीपछि आज साँझसम्म सबै ठाउँमा इन्टरनेट सेवा सुरु गर्दैछौँ : भायानेट
सारांश
- भदौ २४ गते साँझ भायानेटको डाटा सेन्टरमा आगलागी हुँदा देशभर इन्टरनेट र टिभी सेवा अवरुद्ध भयो।
- आगलागीका कारण सेन्ट्रल बिजनेस पार्कको डाटा सेन्टरमा क्षति पुग्यो, जसले गर्दा धेरै ग्राहक प्रभावित भए।
- कम्पनीले सेवा पुनःस्थापनाका लागि काम गरिरहेको छ र आज साँझसम्म पूर्ण क्षमतामा सेवा सुचारु गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । भायानेटले भदौ २४ गते साँझ डाटा सेन्टरमा आगलागीका कारण देशभर इन्टरनेट र भायाटिभी सेवामा अवरोध आएको जनाएको छ। कम्पनीले ग्राहकहरूसमक्ष माफी माग्दै सेवा विस्तारै पुनः सुचारु भइरहेको जानकारी दिएको छ।
कम्पनीका अनुसार साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टर क्षतिग्रस्त भयो। बैकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा सेवा सञ्चालन भए पनि सम्पूर्ण ट्राफिक धान्न नसक्दा धेरै ग्राहक प्रभावित भएका थिए।
भवन असुरक्षित भएकाले प्राविधिक टोली तत्काल प्रवेश गर्न नसकेको र भदौ २५ गते बिहान मात्र सेना र प्रहरीको सहयोगमा नियन्त्रणमा आएपछि दिउँसो १२ बजे आवश्यक सर्भरहरू सुरक्षित गरेर अर्को डाटा सेन्टरमा पुनःस्थापना गरिएको भायानेटले जनाएको छ।
हाल अधिकांश ग्राहकको इन्टरनेट सेवा सञ्चालनमा आइसकेको र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा पुनःस्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। भायाटिभी सेवा पनि छिट्टै सञ्चालनमा आउनेछ।
“यो असाधारण घटनाले हाम्रो नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको छ,” कम्पनीले भनेको छ। भायानेटले सेवामा अवरोध हुँदा धैर्य र विश्वास देखाइदिएकामा ग्राहकवृन्दलाई धन्यवादसमेत व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण