बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

चार दलका युवा नेता संयुक्त वक्तव्य जारी गर्ने तयारीमा

बिहीबार, २६ भदौ २०८२, १५ : २९
बिहीबार, २६ भदौ २०८२

काठमाडौँ । पछिल्लो विकसित घटनाक्रम र निकासकाबारेमा प्रमुख चार राजनीतिक दलका युवा नेताहरूले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । 

आन्तरिक छलफलपछि चार दलका युवा नेताहरू संयुक्त वक्तव्य जारी गर्ने तयारीमा लागेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहाल ‘राजन’ले चार दलका युवा नेताहरू आन्तरिक छलफलमा जुटेको र संयुक्त वक्तव्यको ड्राफ्ट तयार गर्ने काम भइरहेको बताए । 

उनीहरूबिच संवैधानिक प्रक्रियाबाटै अहिलेको समस्याको निकास खोज्नुपर्नेमा एकमत देखिएका छन् । ‘संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्छ । जङ्गी अड्डाबाट प्रधानमन्त्री छान्ने प्रक्रिया अस्वीकार्य भन्नेमा हामी सबै सहमत छौँ’, दाहालले रातोपाटीसँग भने । 

संयुक्त छलफलमा कांग्रेसबाट नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट सोबिता गौतम र शिशिर खनाल सहभागी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप