जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह
सारांश
- लोसपाका महासचिव डा. सुरेन्द्र झाले 'जेन जी' पुस्ताको आन्दोलनलाई समर्थन गर्न आह्वान गरे।
- उनले भ्रष्टाचार निर्मूल गर्ने जेनजीको संघर्षलाई समर्थन गर्दै कार्यकर्तालाई नागरिकलाई सहयोग गर्न आग्रह गरे।
- डा. झाले देशको सार्वभौमिकता कमजोर हुन सक्ने र बाहिरी शक्तिहरूको चलखेलप्रति सचेत गराए।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले 'जेन जी' पुस्ताले चलाएको आन्दोलनलाई पूर्ण समर्थन गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
भदौ २६ गते एक प्रेस नोट जारी गर्दै उनले आफ्नो पुस्ताले सुरु गरेको परिवर्तनको संकल्प अधुरो रहेकोले अहिले जेनजी पुस्ता आन्दोलित भएको बताएका हुन्।
महासचिव झाले भ्रष्टाचार निर्मूल गर्ने जेनजीको संघर्षलाई समर्थन गर्दै आवश्यकता पर्दा आम नागरिकलाई सहयोग गर्न पनि पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्। उनले लोसपा र अन्य राजनीतिक दलका नेताहरूलाई निरन्तर सम्पर्कमा रहन र अराजक गतिविधि देखिएमा सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिएका छन्।
प्रेस नोटमा उनले नेपालको संविधान-२०७२ अझै कायम रहेकोमा जनतालाई विश्वास दिलाइरहन आग्रह गरेका छन्। सङ्घीयता, गणतन्त्र, बहुदलीय प्रतिस्पर्धा, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकालगायतका उपलब्धिहरू वर्षौंको संघर्ष र हजारौंको बलिदानबाट प्राप्त भएकोले यिनमा कुनै सम्झौता नगर्न पनि उनले सुझाव दिएका छन्।
डा. झाले आफ्नो पुस्ताले थुप्रै परिवर्तन देखेको र कठिन परिस्थिति पनि समयअनुकूल परिवर्तन हुने भएकाले हतोत्साहित नभई आत्मबल बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले देशको सार्वभौमिकता कमजोर हुन सक्ने र बाहिरी शक्तिहरूको चलखेलबाट राजनीतिक लेनदेन हुने खतराप्रति पनि सबैलाई सचेत गराएका छन्।
महासचिव झाका अनुसार लुटपाट, आगजनी, हिंसात्मक गतिविधि र जेल तोड्नेजस्ता कार्य जेन जी पुस्ताबाट नभई अवाञ्छित तत्वहरूबाट भएकोले त्यस्ता तत्वबाट सचेत रहन आवश्यक छ।
संविधानमार्फत राजनीतिक निकास खोज्न आग्रह
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले देशमा जारी राजनीतिक अस्थिरतालाई संविधानको दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आज एक प्रेस नोट जारी गर्दै उनले सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता ठूला राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने प्रयास हुन नहुने बताए। यी उपलब्धिहरू प्राप्त गर्न हजारौँ नेपाली जनताको बलिदान भएको उनको भनाइ छ।
महासचिव झाले जेन जी पुस्ताको आन्दोलनको भावनालाई सम्मान गर्दै राष्ट्रपतिको नेतृत्वमा सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री को बन्ने भन्ने निर्णय सैनिक मुख्यालयबाट नभई नेपालको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयबाट हुनुपर्ने धारणा राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण