कारागारबाट भागेका १६६ कैदीबन्दी मकवानपुरबाट पक्राउ
सारांश
- मकवानपुरमा विभिन्न कारागार र बाल सुधारगृहबाट भागेका १६६ जना कैदीबन्दी पक्राउ परेका छन्।
- भिमफेदी कारागारबाट भागेका ७८ जना र बाल सुधार गृहबाट ४१ जना पक्राउ परेका छन्, अरुको खोजी जारी छ।
- फरार कैदीबन्दीहरुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयास जारी छ।
हेटौँडा । देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट भागेका १६६ जना मकवानपुरबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा उनीहरु कारागारबाट भागेका थिए ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दीमध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२ जना अझै फरार छन् । उक्त कारागारमा एक नाबालकसहित १ हजार ६६ जना कैदीबन्दी रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा कुल ९४ जना रहेका थिए ।
काठमाडौँ उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । नख्खु कारागारबाट भागेकामध्ये ७ जना र जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेका दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
कास्की कारागारबाट भागेका एक जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताए ।
उनीहरुको पहिचान गर्ने कार्य भइरहेको र सुरक्षा निकायहरुले फरार रहेका अन्य कैदीबन्दीहरुको पनि खोजी कार्यलाई तीव्रता दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण