पर्साका बालसुधार गृहबाट ६७ बालबिज्याइकर्ता फरार
सारांश
- पर्साको बाल सुधारगृह तोडफोड गरी ६७ किशोर फरार छन्, जसमध्ये ३३ जना पक्राउ परेका छन्।
- फरार किशोरहरूलाई अभिभावक मार्फत सुधारगृहमा ल्याउन अनुरोध गरिएको छ, नआए मुद्दा चलाइनेछ।
- प्रहरीले फरार किशोरहरूको खोजी तीव्र पारेको छ, र वीरगन्ज कारागारमा कैदी भाग्न खोज्दा रोकिएको छ।
वीरगन्ज । पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् ।
गत मङ्गलवार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ परेका छैनन् । बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिए ।
‘गत मङ्गलवार राति बालसुधारगृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘फरार भएका बाल सुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरू नआएको खण्डमा अर्को मुद्दा चल्नेछ ।’
बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बाल सुधारगृहबाट भागेका किशोरहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । ‘बालसुधारगृहबाट भागेकाहरूको खोजी कार्य तीव्र बनाइरहेका छौँ’, उनले भने, ‘केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ ।’
बुधबार वीरगन्ज कारागारमा रहेका कैदीहरू भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण