राजेन्द्र महतोले दिए जेनजीलाई संसद् विघटनको सुझाव
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जेनजीले परिवर्तनको बिगुल फुकेको बताए।
- उनले अन्तरिम सरकार गठनको सुझाव दिँदै संविधान पुनर्लेखनको आवश्यकता औंल्याए।
- महतोले भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग बनाउनुपर्ने र जनलोकपाल बनाउनुपर्ने धारणा राखे।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले यो देशमा जेनजीले परिवर्तनको बिगुल फुकेर नयाँ युगको सुरुवात गरेको बताएका छन् ।
अध्यक्ष महतोले आज अपिल जारी गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र केपी शर्मा ओली एवं शासकहरूको अहंकारले यो विद्रोहको ट्रिगर बने पनि यसको पछाडि लामो समयदेखि संचित असन्तुष्टिको कारण पनि रहेको उल्लेख गरेका छन् ।
उनले जेनजी आन्दोलनको भावनाअनुरुप अन्तरिम सरकार गठन उचित हुने भनी सुझाव दिँदै हालको प्रतिनिधिसभा रहेसम्म आन्दोलनकारिको भावनाअनुकूल अन्तरिम सरकार गठन हुने सम्भावना नदेखिएको बताए । नयाँ शासनले संवैधानिक सुधारका विषय ठहर गर्दै राज्य पुनः संरचनासम्बन्धी आयोगलगायत सुझावसमेत ग्रहण गर्ने गरी 'संविधान सुझाव सुधार आयोग' बनाएर संविधान पुनर्लेखन गरिनुपर्ने सुझाव दिएका छन् ।
दलहरूले आजसम्मका गल्तीका लागि गम्भीर आत्मसमीक्षा र श्वेतपत्र जारी गरी नागरिकसँग माफी माग्नुपर्ने भन्दै उलने विगत दुई दशक यताका भ्रष्टाचार काण्ड र अवैध सम्पत्तिको छानबिन गर्न एक उच्चस्तरीय नागरिक आयोग बनाइनुपर्ने बताए ।
अध्यक्ष महतोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विघटन गरी जनलोकपालमा परिणत गरी त्यसको प्रतिवेदनका आधारमा सबै ठग, भ्रष्टाचारी र अवैध सम्पत्तिवालालाई अभियोजन गरी न्यायको कठघरामा उभ्याइनुपर्ने धारणा राखेका छन् ।
यति गर्न सके मात्र यो जेनजी विद्रोह, आन्दोलन र क्रान्ति सफल हुने उनले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण