ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय
सारांश
- ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई कूको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरिएको छ।
- अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ, जुन उनको राजनीतिक आन्दोलनका लागि ठूलो झट्का हो।
- बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन्।
ब्रासिलिया। २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ ।
अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ ।
सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित गरेको यो सम्भावित फैसलासँगै, बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन् । अभियोजकहरूले उनले गरेको अहिलेसम्मको सबैभन्दा जघन्य कार्यलाई अवज्ञाको रूपमा वर्णन गरेका छन् । उनी अब २७ वर्ष जेलमा बस्नुपर्नेछ । यो फैसला ४–१ ले पारित भएको थियो । बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ ।
बोल्सोनारो भाग्न सक्ने आशंका पछि उनलाई घरमै नजरबन्दमा राखिएको थियो । अन्तिम सुनवाइका लागि उनी अदालतमा उपस्थित भएका थिएनन् । यो सबै आफूलाई २०२६ को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्न गरिएको बोल्सोनारोले बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण