चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने
शुक्रबार, २७ भदौ २०८२, ०९ : ५३
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले दशैँ र तिहारलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
- कम्पनीले चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ।
- भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन हुने र खाद्यान्नमा प्रति केजी रु ५ र तेलमा प्रति लिटर रु ७ छुट दिइनेछ।
हुम्ला । बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण