निषेधाज्ञा हटेपछि रुपन्देहीको जनजीवन सामान्य बन्दै
शुक्रबार, २७ भदौ २०८२, ०९ : ५९
सारांश
- रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यु बिहान ६ बजेपछि हटेको छ।
- कर्फ्यु हटेसँगै जिल्लाभर बजार, यातायात, विद्यालय र अन्य सेवाहरू पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
- प्रमुख जिल्ला अधिकारीका अनुसार, स्थिति नियन्त्रणमा आएकाले कर्फ्यु हटाइएको हो र आवश्यकता परे फेरि कडाइ गरिनेछ।
बुटवल । रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो ।
प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
जिल्लामा उत्पन्न अवस्थालाई ध्यानमा राख्दै प्रशासनले विगत केही दिन सुरक्षा व्यवस्था कडा पारेको थियो । तर, अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार आवश्यकता परेमा पुनः कडाइ गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण