जेनजी आन्दोलनलाई चाँडो निकास देऊ : जितेन्द्र सोनल
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले जेनजी आन्दोलनको मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका छन् ।
शुक्रबार ध्यानाकर्षण वक्तव्यमा जारी गर्दै सोनलले जेनजी आन्दोलन कुशासन, बेथिति र भ्रष्टाचारविरुद्ध उठेको भन्दै तत्काल निकास खोज्न आग्रह गरेका छन् ।
‘मुलुकलाई धेरै दिनसम्म राज्यलाई सरकारविहिनताको स्थितिमा राख्नु अझ बढी भयावह परिस्थिति सिर्जना गर्छ,’ उनले भनेका छन् ।
उनले ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेस आन्दोलन तथा अग्रगामी परिवर्तनका लागि भएका अन्य आन्दोलनहरुको उपलब्धि रक्षा गर्दै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् ।
‘संघीयता, लोकतन्त्र, गणतन्त्र एवं लोकतान्त्रिक मूल्य-मान्यतालाई आधार बिन्दु मानेर अघि बढ्नुपर्छ,’ सोनलले उल्लेख गरेका छन् । संवैधानिक सर्वोच्चता र विधिको शासनलाई आत्मसात गर्न उनले सबै पक्षलाई अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण