गुप्तचर प्रमुख हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै, नयाँ नियुक्ति अन्योल
सारांश
- राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भोलिबाट अवकाशमा जाँदै छन्, जसले ३ वर्षे कार्यकाल पूरा गरे।
- थापाको अवकाशपछि गुप्तचर प्रमुखको नियुक्ति अन्योलमा परेको छ, पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने चर्चा छ।
- ओम प्रकाश जोशी र टेकेन्द्र कार्की नयाँ गुप्तचर प्रमुखको दौडमा छन्, जोशी प्रशासन विभाग र कार्की प्रदेश समन्वय विभागमा कार्यरत छन्।
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै छन् । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।
२०५३ मा अनुसन्धान अधिकृत बाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन् । तर, जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै गुप्तचर प्रमुखको नियुक्ति अन्योलमा परेको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेबारे सहमति नजिक पुगेको भनिए पनि निर्णय भैसकेको छैन । गुप्तचर प्रमुखको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ ।
थापा आफ्ना ब्याचमेट ओम प्रकाश जोशीलाई पछाडि पारेर विभागको प्रमुख बनेका थिए । तिनै जोशी ३ वर्षपछि प्रमुख हुने प्रतिस्पर्धामा छन् । मुख्य अनुसन्धान निर्देशक जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । उनी थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक हुने दौडमा लागेका छन् ।
अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि राअवि प्रमुखको दाबेदार हुन् । उनीहरू दुवै जना हुतराज थापासँगै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए । कार्कीले अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन् ।
मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण