वारबन्देज भत्काएर खुला छलफल गरौँ : घनश्याम भुसाल
सारांश
- एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीभित्रको बारबन्देज भत्काएर खुला छलफलमा आउन आह्वान गरेका छन्।
- उनले मुलुकमा सङ्कट थपिनुको मुख्य कारण नेतृत्वको नैतिक मूल्यको अभाव भएको बताएका छन्।
- भुसालले देशभक्ति, लोकतन्त्र र समृद्धिको आकाङ्क्षा बोकेका सबैलाई खुला छलफलमा आउन आग्रह गरेका छन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशभक्ति, लोकतन्त्र र मुलुकको सम्मृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई पार्टीभित्रको वारबन्देज भत्काएर खुला छलफलमा उत्रन अपिल गरेका छन् । शुक्रबार एक अपिल जारी गर्दै महासचिव भुसालले मुलुकमा सङ्कट थपिनुमा नेतृत्वको नैतिक मूल्यको अभाव प्रमुख कारण रहेको समेत बताएका छन् ।
‘लोकतान्त्रिक गणतन्त्रले जुन जिम्मेवारी र नैतिक मूल्यको नेतृत्व खोजेको थियो, त्यसको अभावमा आज हामीले यो दिन देख्नुपर्यो’, भुसालले भनेका छन्, ‘हाम्रा पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाइँ चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दैछौँ ।’
नेता भुसालले राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिसहरू पार्टी नेतृत्वमा भर्ती गर्दै जाँदा पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बनेको स्मरण समेत गरेका छन् ।
‘अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण सङ्कटका सामु उभिएका छौँ’, भुसालले अपिलमा भनेका छन्, ‘यस अवस्थामा म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु ।’
साथै उनले आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरूलाई आह्वान गर्दै भनेका छन् ‘हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण