वीरेन्द्रनगरका केही क्षेत्रमा अशान्ति रोक्न फेरि कर्फ्यु
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राजधानी वीरेन्द्रनगरका केही क्षेत्रमा पुनः कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ५ बजेसम्म लागू हुने गरी यो आदेश जारी गरिएको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायद्वारा जारी आदेशमा भनिएको छ, ‘आदेशले शान्ति भङ्ग हुने कुनै सभा, जुलुस वा भिडभाड गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।’
उपाध्यायका अनुसार वीरेन्द्रनगरको सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म र रत्न राजमार्गको उत्तर क्षेत्रमा पर्ने सम्पूर्ण उपत्यकामा कफ्र्यू लगाइएको छ ।
यस्तै रत्न राजमार्गको दक्षिणतर्फ ३०० मिटरसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको उनले बताए । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू तथा कर्मचारीहरूलाई भने आवतजावतमा छुट दिइएको छ ।
जसमा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन र सञ्चारकर्मीहरू पर्छन् । सुरक्षाकर्मीहरूले यी छुट प्राप्त सेवा र व्यक्तिहरूको आवागमनमा सहजीकरण गर्नेछन् ।
गत मंगलबार जेनजी आन्दोलनकारीहरूले राजधानी वीरेन्द्रनगरका सार्वजनिक तथा निजी सम्पत्तिमा ठुलो क्षति पुर्याएका थिए । त्यसपछि प्रशासनले लगातार निषेधाज्ञा र कर्फ्यु लगाउँदै आएको छ । दिउँसो निषेधाज्ञा जारी गर्ने गरेको छ भने साँझपख कर्फ्यु जारी गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण