जनार्दनको कटाक्ष : पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि संसद् विघटन ठुलो विषय नहुन सक्छ
शुक्रबार, २७ भदौ २०८२, २२ : ०७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार रहेको बताएका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने भएपछि शर्माले यस्तो बताएका हुन् ।
उनले पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि संसद् विघटन ठुलो विषय नहुन सक्छ भन्दै कटाक्ष समेत गरे । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्,'पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ।'
जेनजीले गत सोमबार र मंगलबार देशभर प्रदर्शन गरेपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि आज कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण