एन्फालाई अन्जनको आग्रह : लिग छिटो गर्नुस् म नेपालमै आएर केही गर्न चाहन्छु
सारांश
- राष्ट्रिय फुटबल खेलाडी अन्जन विष्टले देशको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन्।
- फुटबल लिग नभएपछि विष्ट बङ्गलादेशको लिग खेल्न बाध्य भएको र खेलाडी बेरोजगार भएको बताए ।
- विष्टले एन्फालाई लिग सुरु गर्न र शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरे ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जन विष्टले देशमा राजनीतिक अस्थिरता र फुटबल लिग नहुँदा बाध्य भएर बङ्गलादेश लिग खेल्न परेको बताएका छन् । अन्जनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
‘के भन्नु दुर्भाग्य, मेरो नेपाल आमाले रोइरहनुभएको छ । देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ । अन्जान युवाहरू सुनौलो भविष्यको आशा बोकेर सडकमा देशको लागि बलिदान दिएर सहिद भएका छन्,’ उनले भने– ‘मलाई पनि कहाँ इच्छा थियो र मेरो नेपाल आमालाई रोइरहेको देख्ने ? कसको श्राप लाग्यो मेरो नेपाल आमालाई ? मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ ।’
उनले आफू एक राष्ट्रिय फुटबल खेलाडी भएको नाताले देशमा धेरै वर्षदेखि फुटबलको लिग नहुँदा बाध्यतावश बङ्गलादेशको लिग खेल्न आएको बताए । ‘दुई छाक टार्न र बाबा–आमाको सपना, इच्छा पूरा गर्न अरूको देशमा आइपुगेको छु । सम्पूर्ण खेलाडी अहिले बेरोजगार भएको अवस्थामा छन्,’ अन्जनले थपे ।
उनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई लिग सुरु गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । ‘मेरो बिन्ती छ, एन्फालाई, अबचाहिँ फुटबलको लिग ब्याक गराउने वातावरण चाँडो भन्दा चाँडो गरियोस् । म अवश्य फर्केर देशको लागि केही गर्नेछु,’ अन्जनले भने ।
अन्तमा, उनले शहीद भएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण