ला लिगा : रियललाई सहज जितको अपेक्षा
शनिबार, २८ भदौ २०८२, १४ : ५४
सारांश
- रियल मड्रिड र रियल सोसिडाडबीचको खेल नेपाली समय अनुसार राति ८ बजे हुनेछ।
- रियल ला लिगामा अपराजित रहँदै लगातार दोस्रो जितको खोजीमा छ।
- रियल सोसिडाड पहिलो जितको खोजीमा छ भने गेटाफे ओभिडोसँग खेल्नेछ।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले आफ्नो चौथो खेलमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । रियल एरिनामा हुने रियल र रियल सोसिडाडबिचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै रियल लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । रियल ला लिगामा अपराजित छ । यता रियल सोसिडाड भने पहिलो जितको खोजीमा हुनेछ । यसअघिका तीन खेलमा सोसिडाडले दुई खेल बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ ।
लिगमा तीन खेल खेलेको रियल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सोसिडाड २ अङ्कसहित तालिकाको १६ औँ स्थानमा छ ।
ला लिगा अन्तर्गत नै आज हुने पहिलो खेलमा गेटाफेले ओभिडोसँग खेल्नेछ । गेटाफे आजको खेलमा जित निकाल्दै तेस्रो जित निकाल्ने योजनामा हुनेछ । यता ओभिडो भने दोस्रो जितको खोजीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण