संसद् विघटन आवश्यक कदम : हरिबोल गजुरेल
सारांश
- माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले संसद विघटनको प्रक्रिया त्रुटिपूर्ण भए पनि निकासका लागि आवश्यक भने।
- गजुरेलले जेनजी आन्दोलन सफल भएको र राष्ट्रपति पौडेलको अडानको प्रशंसा गरे।
- उनले देशको संकटपूर्ण अवस्थामा राष्ट्रपति पौडेलको साहसको प्रशंसा गर्दै आभार व्यक्त गरे।
विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले संसद् विघटन प्रक्रियागत दृष्टिले त्रुटिपूर्ण भए पनि परिस्थितिलाई निकास दिन आवश्यक कदम भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गजुरेलले संसद् विघटनमा प्रक्रियागत त्रुटि भएपनि परिस्थितिलाई निकास दिन आवश्यक भएको जनताले अनुभव गरिरहेको उल्लेख गरेका हुन् ।
जेनजी आन्दोलन मूलतः सफल भएको गजुरेलको ठहर छ । ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन् । जेनजी आन्दोलन मूलतः सफल भएको छ’ उनले लेखेका छन् ।
देश गम्भीर सङ्कटमा रहेको कठिन समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाउनुभएको अडान र साहसकै कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन सकेको गजुरेलको भनाइ छ । उनले राष्ट्रपति पौडेलप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण