बीमा प्राधिकरण
भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको आग्रह
आइतबार, २९ भदौ २०८२, ०१ : ०२
सारांश
- नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई आइतबारदेखि कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
- प्राधिकरणले विषम परिस्थिति सामान्य बन्दै गएकाले पूर्ण रूपमा कार्यालय खोल्न आग्रह गरेको हो।
- कर्मचारीहरूलाई भौतिक रूपमा उपस्थित भई काम गर्न प्राधिकरणले अनुरोध गरेको छ।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।
सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतबारदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो ।
एक सूचना जारी गर्दै प्राधिकरणले कर्मचारीलाई भौतिक रूपमा कार्यालयमा उपस्थित भई काम गर्न आग्रह गरेको छ । यसअघि यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण