अपडेट
अग्रिम टिकट बुकिङ खोल्नेबारे छलफल सुरु, भाडा बढाउनुपर्ने माग स्थगित
आइतबार, २९ भदौ २०८२, १० : ४६
सारांश
- दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सरकार र सरोकारवालाबीच छलफल सुरु भएको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, र व्यवसायी महासंघ सहभागी छन्।
- अग्रिम टिकट बुकिङ र यातायातको सहज सञ्चालनबारे छलफल केन्द्रित रहनेछ।
काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो ।
मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिसहित सहभागी छन् ।
छलफलका क्रममा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन, अग्रिम टिकट बुकिङ लगायतका विषयमा छलफल हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
यसअघि यातायात व्यवसायीले भाडादर समायोजनको विषय पनि उठाउँदै आएका थिए । तर, आजको छलफलमा भाडादर समायोजनको विषय आफूहरूको एजेन्डामा नरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण