जनकपुरधाम उपमहानगर कार्यालय सञ्चालनमा आउन एक महिना लाग्ने
सारांश
- जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय आन्दोलनका कारण क्षतिग्रस्त हुँदा एक महिना लाग्ने भयो।
- आगजनीबाट कागजात र विद्युतीय सामग्री नष्ट हुनुका साथै ७८ ग्यास सिलिन्डर विस्फोट हुँदा भवनमा क्षति पुग्यो।
- कार्यालयमा रहेका एम्बुलेन्स, गाडी र मोटरसाइकल जलेर नष्ट भए, तत्काल कम्प्युटर खरिद गर्नुपर्ने अवस्था छ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । जेनजी आन्दोलनका क्रममा उपमहानगरको पाँच तले भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । उपमहानगरको कर शाखा प्रमुख तथा प्रवक्ता परमेश झाले दिएको जानकारीअनुसार आगजनीका कारण कागजातदेखि धेरैजसो विद्युतीय सामग्रीसमेत लुटिएका वा नष्ट भएकाले तत्काल कार्यालय सञ्चालन असम्भव भएको हो ।
झाका अनुसार कार्यालयमा वितरणका लागि राखिएका करिब २०० ग्यास सिलिण्डरमध्ये ७८ वटा विस्फोट हुँदा भवनको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । अहिले उपमहानगर प्रमुखको कार्यकक्ष, अभिलेख शाखा र लेखा शाखाबाहेक अन्य सबै शाखा नष्ट भएको झाले जानकारी दिए ।
‘तत्काल कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री पुनः खरिद गर्नुपर्ने अवस्था छ । सरसफाइदेखि खरिदसम्मका कामलाई छिटो सुरुवात गरे पनि कम्तीमा एक महिना समय लाग्छ,’ उनले भने ।
आगलागीका कारण कार्यालय परिसरमा रहेको एक एम्बुलेन्स, दुई वटा गाडी र करिब आधा दर्जन मोटरसाइकल पनि जलेर नष्ट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण