सहिदको बलिदान खेर जान दिइने छैन : प्रदीप पाैडेल
आइतबार, २९ भदौ २०८२, १८ : २५
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धीरज श्रेष्ठका परिवारलाई भेटेका छन् ।
आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा आइतबार पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे ।
उनले आफूले जेनजी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए ।
नेता पौडेलले दुःखद घटनाको निष्पक्ष छानबिनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरूले पाएको सहादतको मूल्याङ्कन हुने बताए ।
‘धीरजबाबु र उनीजस्ता सहिदहरूको बलिदान खेर जान दिने छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण