अर्थ मन्त्रालय आंशिक सेवा दिनसक्ने अवस्थामा, १० राजस्व कार्यालयमा पूर्ण क्षति
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरुमा ठुलो क्षति भएको छ । भन्सार, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत आगजनीले क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ ।
ती कार्यालयमा सामान्य प्रकृतिका बाहेक अन्य सेवा दिन नसक्ने अवस्थामा छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अहिले देशभरका क्षति भएका कार्यालयहरुमा विवरण संकलन भइरहेको जानकारी दिए । सेवा दिनसक्ने कार्यालयहरुमा सुचारु गर्ने र क्षतिको पनि विवरण संकलनको कार्यलाई पनि जारी राख्ने उनले बताए ।
‘अर्थ मन्त्रालयको बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ । अन्य संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय छ ।’ उनका अनुसार मन्त्रालय अन्तर्गतका मुख्य तीनवटा सफ्टवेयरहरु र त्यसको तथ्याङ्क सुरक्षित छ ।
१० राजश्व कार्यालयमा क्षति
अर्थ मन्त्रालयको बजेट महाशाखाको टहराका १२ कोठामा पूर्णरूपमा क्षति भएको छ । टहराभित्र रहेका सम्पूर्ण जिन्सी सामान र गोदाम पनि जलेका छन् ।
प्रवक्ता पाण्डेयका अनुसार १० आन्तरिक राजस्व कार्यालयमा पूर्ण क्षति भएको छ । झापा, इटहरी, विराटनगर, लहान, जनकपुर, सिरहा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखराका १० वटा आन्तरिक राजस्व कार्यालयमा ठुलो क्षति भएको छ ।
त्यस्तै, कपिलवस्तुको कृष्णनगर र धुलिखेलका सेवा कार्यालयहरूमा आंशिक क्षति पुगेको छ । इलाम र सिन्धुलीका सेवा कार्यालय पनि प्रभावित भएका छन् ।
भन्सार विभाग अन्तर्गतका केही कार्यालयमा पनि क्षति पुगेको छ । मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयमा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ । वीरगञ्ज, विराटनगर, नेपालगञ्ज र भैरहवा भन्सार कार्यालयमा आंशिक क्षति भएको छ ।
आन्दोलनकारीले पुर्याएको क्षतिको आकलन र पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको प्रवक्ता पाण्डे बताउँछन् ।
चारपाङ्ग्रे १६ र दुईपाङ्ग्रे ५४ वटा जलेर नष्ट
आगजनीबाट अर्थ मन्त्रालयमा १६ वटा चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । मन्त्रालयका प्रवक्ता पाण्डेयका अनुसार अर्थमन्त्रीले चढ्ने सवारीसाधनसहित १६ वटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ । यसका अतिरिक्त शिक्षा शाखामा प्रयोग भइरहेका २२ वटा चारपाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति भएको छ । त्यस्तै, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटरमा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ ।
_Pip7t8PLcR.jpg)
भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ । काठमाडौँ उपत्यका बाहिरका चार–पाँच स्थान बाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ ।
भुक्तानी प्रणाली सुचारु
जेनजी प्रदर्शनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आइतबारदेखि सुचारु गरेको छ । असहज परिस्थितिका कारण भुक्तानी प्रणाली रोकिएको थियो ।
सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ ।
मन्त्रालयका प्रवक्ता पाण्डेयले भने, ‘असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको थियो । तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानी क्रमशः गर्छ ।’
उनका अनुसार आइतबारदेखि राजस्व सङ्कलनको काम पनि सुचारु भएको छ । आन्दोलनबाट क्षति भएका राजस्व कार्यालयमध्ये धेरैजसो भन्सार कार्यालय सञ्चालनमा आएको पाण्डेयले बताए । पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालय बाहेक अन्य सबै कार्यालय सञ्चालनमा आइसकेका छन् ।
अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।
सिंहदरबारमा चार मन्त्रालयमा पूर्ण क्षति, अन्यमा आंशिक
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेक अन्य तीन मन्त्रालयमा पूर्ण क्षति भएको छ ।
_vvxC2bsGEH.jpg)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको छ । सिंहदरबार बाहिर रहेको एक मात्र मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पूर्ण क्षति भएको छ । तर प्रदर्शनकारीले सिंहदरबारभित्रका सबै मन्त्रालयका गाडीमा तोडफोड गरेका छन् । त्यस्तै, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतमा तोडफोड र आगजनी गरेका छन् ।
कांग्रेस, एमालेका संसदीय दलको कार्यालय खण्डहर बनेका छन् । सिंहदरबारभित्र यत्रो विध्वंश हुँदा केही मन्त्रालय भने बाँकी छन् । जसमा रक्षा मन्त्रालय, पर्यटन, परराष्ट्र, कानुन, सहरी विकास र सञ्चार मन्त्रालयमा क्षति पुगेको छैन । संसद् सचिवालयका दुई कक्ष पनि सुरक्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण