मधेसमा भएको क्षतिको विवरण सङ्कलन गर्न मूल्याङ्कन समिति गठन
सारांश
- जेनजी आन्दोलनपछि मधेस प्रदेशमा भौतिक संरचनाको सरसफाइ र क्षतिको मूल्याङ्कन भइरहेको छ।
- मुख्यमन्त्रीको दल सरकारबाट फिर्ता भएसँगै प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठेको छ।
- क्षतिग्रस्त कार्यालयका कारण प्रदेश सरकारले सेवा प्रवाह गर्न सकेको छैन, र विवरण सङ्कलन भइरहेको छ।
जनकपुर । जेनजी आन्दोलनको सफलतापछि देशभर क्षति भएका भौतिक संरचनाको सरसफाइ, क्षतिको मूल्याङ्कन लगायतका काम भइरहेको छ । कतिपय सरकारी कार्यालयले सेवा प्रवाह सुरु गरिसकेका छन् ।
मधेस प्रदेशमा भने अहिलेसम्म प्रदेश सरकारको वैधानिकताको विषय नै प्राथमिकतामा परेको छ । मुख्यमन्त्रीको दल जनमत पार्टीले सरकारबाट फिर्ता हुने घोषणा गरिसकेको र मुख्यमन्त्रीले समेत सामाजिक सञ्जालमार्फत यस अघि नै राजीनामा दिइसकेको उल्लेख गरेपछि प्रदेशमा सरकार छ कि छैन भन्नेबारे बहस चलिरहेको छ ।
मधेस प्रदेश सरकार छ कि छैन भन्नेबारे संवैधानिक प्रश्न आफ्नो ठाउँमा छ । जनताले व्यवहारमा समेत यतिबेला मधेस सरकार रहेको महसुस गर्न सकेका छैनन् । जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारका अधिकांश मन्त्रालयसहितका कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएसँगै सेवा प्रवाह गर्न नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव वासुदेव मल्लका अनुसार अहिले प्रदेश सरकारबाट कुनै पनि सेवा प्रवाह गर्न सकिएको छैन । अधिकांश मन्त्रालय भवन क्षतिग्रस्त रहेकाले तत्कालै सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन् । पहिला बसोबासको व्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए । कर्मचारी बस्ने ठाउँ भइसकेपछि मन्त्रालयबाट प्रवाह हुने सेवा सुरु गरिने उनको भनाइ छ ।
मधेस प्रदेश सरकार अन्तर्गत कति क्षति भएको छ भन्नेबारे विवरण सङ्कलन गर्ने कार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
प्रदेशमा कति क्षति भयो भन्ने हरहिसाब आउन नसकेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । क्षति विवरण सङ्कलनका कार्यमा सहजीकरण गर्नका लागि उपसचिव वासुदेव मल्लको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
विवरण सङ्कलन भइसकेपछि प्रदेश सरकारबाट सेवा प्रवाह गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण