लुम्बिनी प्रदेशमा एमालेका ९ जिल्लामा पार्टी कार्यालय तोडफोड
सारांश
- जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
- प्रदेश अध्यक्षका अनुसार पाल्पा, पूर्वी रुकुम र रोल्पा बाहेक ९ जिल्लाका एमाले कार्यालयमा क्षति पुगेको छ।
- बुटवलस्थित प्रदेश कार्यालय, रुपन्देहीको जिल्ला पार्टी कार्यालयलगायत स्थानमा क्षति भएको र अन्य दलका कार्यालयमा पनि तोडफोड भएको छ।
बुटवल । जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेशका विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको छ।
प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार पाल्पा, पूर्वी रुकुम र रोल्पा बाहेक लुम्बिनीका बाँकी ९ जिल्लामा रहेका एमालेका कार्यालयहरूमा क्षति पुगेको छ। उनले प्रदेश कार्यालयदेखि वडास्तरका पार्टी कार्यालयसम्म आन्दोलनकारीले तोडफोड गरेकाले क्षतिको विवरण संकलन सुरु गरिएको बताए।
बुटवलस्थित प्रदेश कार्यालय, रुपन्देहीको कोटीहवामा रहेको जिल्ला पार्टी कार्यालय, परासी, दाङ, बाँकेको नेपालगन्जलगायत स्थानका पार्टी कार्यालयमा सानोदेखि ठूलो मात्रामा क्षति भएको बताइएको छ। कँडेलका अनुसार क्षति विवरण छिट्टै संकलन गर्नेगरी काम अघि बढाइएको छ भने केही कार्यालयमा एमाले नेताहरूले प्रत्यक्ष अनुगमन पनि सुरु गरिसकेका छन्।
आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा एमाले मात्र नभई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाका पार्टी कार्यालयहरूमा समेत तोडफोड तथा आगजनी भएका थिए। अन्य दलहरूले पनि आफ्ना कार्यालय क्षतिको विवरण संकलनको काम सुरु गरेको जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
-
घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने
-
रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
-
उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
-
मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण