दुई कम्युनिस्ट पार्टीबिच एकता, सुवेदीको संयोजकत्वमा बन्यो नेकपा
सारांश
- लोकमारायण सुवेदीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माको नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भयो।
- नयाँ पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' रहने र मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने सहमति भयो।
- नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको बताइएको छ।
काठमाडौँ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबिच एकता घोषणा गरिएको छ ।
सोमबार संवाद डबलीमा पार्टी एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको घोषणसभामा जानकारी दिइएको छ । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सुवेदी र शर्माले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओविचारधारा हुने जानकारी दिए ।
त्यसैगरी, नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको समेत घोषणा कार्यक्रममा जानकारी दिइएको छ । ‘नयाँ जनवादी पुँजीवादी जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान, राष्ट्रिय पुँजीपतिलगायत शोषित पीडित वर्ग र समुदायका जनताको संयुक्त जनवादी अधिनायकत्व रहेको जनवादी राज्यव्यवस्था कायम गर्दै समाजवादमा सङ्क्रमण हुने पृष्ठभूमि तयार गर्नेछ’ एकता आधारपत्रमा उल्लेख छ ।
नयाँ पार्टीको क्रान्तिको बाटो सशस्त्र सङ्घर्ष र जनविद्रोहको संयोजित रूपमा हुने आधारपत्रमा उल्लेख छ । त्यस्तै, शोषित उत्पीडित वर्ग र समुदाय र सामन्तवाद, साम्राज्यवादप्रति सम्झौता परस्त दलाल तथा नोकरशाही पुँजीवादी वर्ग र तिनको वर्चस्व रहेको संसदीय व्यवस्थाबिच मुख्य अन्तर्विरोध रहेको ठहर पनि गरिएको छ ।
नयाँ पार्टीले श्रमजीवी, मजदुर, किसान, भूमिहीन, सुकुम्वासीलाई नयाँ जनवादी क्रान्तिका प्रेरक शक्ति नयाँ जनवादी क्रान्तिका मित्र शक्ति भएको बताउँदै निम्न पुँजीपति, मध्यम वर्ग, उत्पीडित जाति जनजाति, महिला, दलित, अल्पसङ्ख्या आदिवासी, मधेसी, मुस्लिमलाई क्रान्तिका शक्ति भएको सुवेदीले बताए ।
त्यसै गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण जेनजी आन्दोलनमार्फत असन्तोष विस्फोट भएको बताउँदै पार्टीलाई देशको वैकल्पिक शक्तिको रूपमा निर्माण गर्न देशभक्त, क्रान्तिकारी शक्ति, उत्पीडित समुदाय सामन्तवाद साम्राज्यवाद विरोधीलाई गोलबन्द गर्दै बृहत् क्रान्तिकारी राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्ने दुवै पार्टीका नेताहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण