बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

निर्वाचन आयोगले रोक्यो रुपन्देही– ३ को उपनिर्वाचन

सोमबार, ३० भदौ २०८२, १७ : २३
सोमबार, ३० भदौ २०८२

सारांश

  • निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचन स्थगित गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचनको मिति तोकेका कारण उपनिर्वाचन रोकिएको हो।
  • आयोगले उपनिर्वाचन सम्बन्धी बाँकी सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही– ३ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको कार्यक्रम रोकेको छ । 

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति निकाली राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेकाले उपनिर्वाचन रोकिएको उल्लेख छ । 

'प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२।०५।२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप