साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
सोमबार प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कामाथि २–० गोलको जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा भएको खेलमा नेपाललाई जित दिलाउन दुवै गोल समीर कुमारले गरे ।
खेलको २७ औँ मिनेटमा श्रीलङ्का १० खेलाडीमा समेटियो । श्रीलङ्काका मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
खेलको ५२ औँ मिनेटमा समीरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । खेलको इन्जुरी समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए ।
आजको जितले नेपाललाई अघिल्लो चरणमा प्रवेशका लागि सहज बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण